पाँच महिनामा भारतीय सेनाध्यक्ष फेरि नेपाल आउँदै

पाँच महिनामा भारतीय सेनाध्यक्ष फेरि नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपाल आउने भएका छन् । नेपाली सेनाको निमन्त्रणमा चार दिने औपचारिक भ्रमणका लागि उनी ११ सदस्यीय टोलीको नेतृत्व गर्दै फागुन ५ गते आउँन लागेका हुन् ।सैनिक प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार पाँच महिनामा दोस्रोचोटी नेपाल आउन लागेका पाण्डे ८ फागुनमा फर्कने कार्यक्रम रहेको छ । 

पाण्डे यसअघि गत भदौ १९ गते ५ दिने नेपाल आएका थिए । त्यसबेला उनले यहाँ मानार्थ सेनापतिको पदवी ग्रहण गरे ।  नेपाल र भारतका सेना अध्यक्षहरु एक अर्का देशका मानार्थ सेनापति हुने परम्परा रहँदै आएको छ ।

टिप्पणीहरू