चीनमा दुई जना नेपाली सम्मानित

चीनमा दुई जना नेपाली सम्मानित

चीनको यीयु शहरमा रहेका विश्वका विभिन्न मुलुकका व्यवसायीहरुमध्ये नेपालका दुई जना सम्मानित भएका छन् । व्यवसायी राजकुमार खड्का र गोविन्द भण्डारीसहित अन्य मुलुकका व्यवसायीहरुले स्वयम्सेवक पुरस्कार प्राप्त गरेका हुन् । 

आफ्नो पेशा र व्यवसायसँगै यीयुमा बस्दै आएका ४० हजारभन्दा बढी विदेशीबाट छानिएका उनीहरुलाई यीयु नगर सरकारले सम्मान गरेको हो । संस्कृति, व्यापार र सञ्चार आदानप्रदानमा मुख्य भूमिका निर्वाह गर्दै दुई सयभन्दा बढी मुुलुकका ४० हजार  विदेशी उक्त शहरमा बसोबास गर्छन् । उनीहरु १५ हजारभन्दा बढी कम्पनीमा आबद्ध रहेको बताइन्छ । 

यीयु नगर सरकारको वाणिज्य व्युरोको अन्तर्राष्ट्रिय आदानप्रदान योगदान पुरस्कारबाट  सम्मानितहरुमध्ये खड्का चिनियाँ समाजमा ‘वाङ च’को रुपमा प्रख्यात छन् । चिनियाँ भाषामा ‘वाङ च’ को अर्थ राजकुमार हो । उनले उक्त पुरस्कार र सम्मानका लागि यीयु नगर सरकार, कमर्श ब्युरो, चिनियाँ जनता र चीन सरकारलाई धन्यवाद दिएका छन् । भनेका छन्, ‘कर्म गर, फलको आशा नगरको परिणाम हो यो ।’

टिप्पणीहरू