राप्रपाले पनि बैठक बोलायो, राष्ट्रपति निर्वाचन मुख्य एजेण्डा

राप्रपाले पनि बैठक बोलायो, राष्ट्रपति निर्वाचन मुख्य एजेण्डा

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न आज बैठक बोलाइएको बताइएको छ ।

बैठकमा राष्ट्रपति पदको उम्मेदवार र निर्वाचन प्रक्रियामा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गरिने जनाइएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने जानकारी दिइएको छ ।

राष्ट्रपति निर्वाचनको निम्ति भोलि उम्मेदवारले मनोनयन गर्ने कार्यतालिका छ । निर्वाचन फागुन २५ गते हुँदैछ ।
 

टिप्पणीहरू