एमाले अखिलले लगायो सरकारमाथि भारतीय कठपुतको आरोप

एमाले अखिलले लगायो सरकारमाथि भारतीय कठपुतको आरोप

सरकारले भारतबाट ल्याइएका तरकारीलाई विषादी परीक्षण नगरी नेपाल भित्र्याउने निर्णय गरेपछि एमाले अखिलले कडा विरोध गरेको छ । 

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारको उक्त गैरजिम्मेवार कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कठपुतली भएको उल्लेख गर्दै अनेरास्ववियुले भारतीय व्यापारी रिझाउन यो कदम चालिएको आरोप लगाएको छ । 

विषादीयुक्त तरकारी बिना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने अनेरास्ववियुको ठम्याइ छ । आज विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले सरकारको यस किसिमको रबैयाविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । मुलुकभर गरिने सशक्त आन्दोलनमा ऐक्यबद्धता जनाउन सम्पूर्ण सरोकारवाला पक्षलाई अपिलसमेत गरेको छ ।

‘तरकारीहरुमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै पनि भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु र नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते हुनु दुःखद पक्ष हो’, विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू