तरकारीमा विषादी परीक्षण रोकेको विषयमा स्वतन्त्र पार्टीको अर्कै तर्क

तरकारीमा विषादी परीक्षण रोकेको विषयमा स्वतन्त्र पार्टीको अर्कै तर्क

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले मुलुक खाद्यान्नमा आत्मनिर्भर नबन्दा बाह्य हस्तक्षेप बढेको बताएका छन् । खाद्यान्नमा आत्मनिर्भर नबनेसम्म देश पूर्णरुपमा स्वतन्त्र बन्न नसक्ने पनि उनले बताए । 

फलफूल, तरकारी एवम् खाद्यान्नमा आत्मनिर्भर बन्न सरकारले कुनै नीति अवलम्बन नगरेकोमा दुःखेसो पोख्दै उनले राज्यसत्ताको निरीहताले आफ्नो नागरिकलाई 'विष नखाऊ' भन्न सक्ने अवस्थासमेत नरहेको ढकालले टिप्पणी गरे । 

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्ना नागरिकले विदेशबाट पठाएको पैसाले विष किनेर खानुपर्ने बाध्यतामा सरकारले पुर्याएको दाबी गरेका छन् । ‘राज्यसत्ताको निरीहता यतिसम्म देखिन पुग्यो कि, राज्य आफ्ना नागरिकलाई विष नखाऊ भन्न पनि सकिरहेको छैन्’, ढकालले लेखेका छन्,‘आफ्नो खेत बाँझो राखेर, ५० लाख नागरिकलाई विदेश पठाएर, विदेशबाट आएको त्यही पैसाले विष आयात गरेर खानुपर्ने कस्तो विडम्बनामा हामी फस्यौं ?’

सरकारले तरकारीमा विषादी परीक्षण रोकेको भनि अहिले चर्को विवाद भइरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो  । यद्यपि, कृषि  तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको खण्डन गरिसकेको छ ।

 

टिप्पणीहरू