प्रधानमन्त्री भेट्न प्रधानसेनापति सिंहदरबारमा

प्रधानमन्त्री भेट्न प्रधानसेनापति सिंहदरबारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधान सेनापति प्रभुराम शर्माले भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच आज दिउँसो करिब आधा घण्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कुराकानी भएको छ । 

भेटघाटमा मुख्यसचिव शंकरदास बैरागीसमेतको उपस्थिति थियो । आजै सिंहदरबारस्थित भौतिक पूर्वाधार मन्त्रालयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच पनि शिष्टाचार भेटवार्ता भएको छ ।

टिप्पणीहरू