सीजीबाट गाडी किन्दा प्रभुले सजिलै ऋण दिने

सीजीबाट गाडी किन्दा प्रभुले सजिलै ऋण दिने

सीजी मोटर्स प्रालिबाट नेटा भी मोडेलका विद्युतीय गाडी किन्दा प्रभु बैंकले प्रतिस्पर्धी ब्याजदरमा सजिलै ऋण दिने भएको छ । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता भएसँगै यो व्यवस्था गरिएको बताइएको छ । 

बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मोटर्सले आयात गरेको नेटा भी मोडेलका इलेक्ट्रिक भेहिकल खरिद गर्दा प्रभु बैंकको मुलुकभरका ३६५ शाखा कार्यालयले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने छ । 

यसले पेट्रोलियम पदार्थ खपतमा आधारित सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

टिप्पणीहरू