संवैधानिक आयोगहरु जागिर खाने थलो बन्यो : राष्ट्रिय सभाका अध्यक्ष

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरु जागिर खाने थलो बन्दै गएको बताउनुभएको छ । उहाँले त्यस्ता आयोगहरुको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै स्थापनाको उद्देश्य विपरितका गतिविधि भएकोप्रति संकेत गर्नुभएको बताइएको छ ।

उहाँले भन्नुभयो, ‘आयोगलाई जागिर खाने थलो बनाउन थालियो । कुन बेला कुन हुन्छ र, म त्यहाँ जान्छु भन्नका लागि आयोग गठन भएको होइन ।’ मुस्लिम आयोग स्थापनाको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले उक्त असन्तुष्टि जनाउनुभएको हो ।

आयोगहरुले सिर्जनात्मक, रचनात्मक क्षमताका साथ दिइएका जिम्मेवारीहरु कुशलतापूर्वक पूरा गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले आयोगहरुलाई न्यूनतम स्रोत, साधन उपलब्ध गराउनुपर्ने अध्यक्षको जोड छ । 

उहाँले भन्नुभयो, ‘संवैधानिक आयोगहरु अनन्त कालसम्मका लागि होइनन् । आवश्यकताबमोजिमका कार्य गर्दै जाने हो भने केही समयपछि ती आयोगको औचितय देखिँदैन ।’

यो पनि...

1. कोशीविरोधीको आक्रमणबाट बालबाल जाेगिए माओवादी नेता

2. यसकारण ललितपुरमा एक्लो घोडा दौडाइयो

3. रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा मोहनविक्रम रिसले आगो

टिप्पणीहरू