एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरियो, सदनमै बुझाइयो राजीनामा

एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरियो, सदनमै बुझाइयो राजीनामा

एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ । उसले माओवादी केन्द्रका शालिकराम जम्कटेल नेतृत्वमा रहेको सकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै बाहिरिएको हो । आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका हुन् ।

उनीसँगै गत माघ ११ गते मन्त्री बनेका एमालेका केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ र एकालाल श्रेष्ठ निवर्तमान भएका छन् । थपलियाले  सरकारलाई दिएको समर्थनसमेत एमालेले फिर्ता लिएको बताएका छन् ।एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कटेलसमक्ष सामूहिक राजीनामा बुझाएको घोषणा गरेका हुन् ।

टिप्पणीहरू