फ्रान्सका राष्ट्रपति चीनको राजकीय भ्रमणमा जाँदै

फ्रान्सका राष्ट्रपति चीनको राजकीय भ्रमणमा जाँदै

फ्रान्सका राष्ट्रपतिले चीनको तीन दिने राजकीय भ्रमण गर्ने भएका छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले पर्सि राजधानी बेइजिङ पुग्ने तालिका सार्वजनिक भएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले फ्रेन्च राष्ट्रपतिको चीन भ्रमणबारे आज जानकारी दिएकी हुन् । राष्ट्रपति म्याक्रोन चिनियाँ समकक्षी सि जिनपिङको निम्तोमा बेइजिङ जान लागेका हुन् ।

राष्ट्रपति सि तेस्रो कार्यकालको निम्ति सर्वसम्मत नियुक्त भएपछि चीन भ्रमणमा जाने फ्रान्सका राष्ट्रपति पहिलो विदेशी राष्ट्र प्रमुख हुने चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । स्वयम् राष्ट्रपति सिले तेस्रो कार्यकालमा निर्वाचित भएपछि गत महिना मस्कोको भ्रमण गर्नुभएको थियो ।
 

टिप्पणीहरू