छोरापछि अमेरिकी राष्ट्रपतिद्वारा दर्जनौं अपराधीलाई सजाय माफी
डेढ महिनापछि अवकाशमा जान लागेका अमेरिकी राष्ट्रपति जो बाइडनले ३९ जना अपराधीको सजाय माफी गरेका छन् । ती सबै अमेरिकी नागरिकलाई अहिंस्रक अपराधमा संलग्न भएको आधारमा उक्त निर्णय गरिएको बताइएको छ ।
बाइडनले जेलमा रहेका करिब १५ सय दोषीको सजाय कम गरेका छन् । अमेरिकी इतिहासमा राष्ट्रपतिले एकै दिन यति धेरै सजाय माफी गरेको यो नै पहिलो पटक हो । अमेरिकाको संविधानले राष्ट्रपतिलाई महाभियोगका अतिरिक्त अन्य अपराधमा संलग्न भएर दोषी ठहरिएकालाई राहत वा क्षमा दिन सक्ने अधिकार प्रदान गरेको छ ।
अमेरिकामा पनि पदमुक्त हुने बेलामा राष्ट्रपतिबाट यस्तो गरिँदै आएको छ । यसअघि राष्ट्रपतिले आफ्ना छोरा हन्टर बाइडनको सजाय माफी गरेका थिए । पहिले छोरालाई माफी नदिने बताएपनि डिसेम्बरको शुरुतिर उनले आफ्नो निर्णय पुनरावलोकन गरेका हुन् ।
हन्टरमाथि कर छली र बन्दुक सम्बन्धी अपराधको फौजदारी अभियोग लागेको थियो ।
टिप्पणीहरू