शान्ति सेनामा जान कुन कुन हाकिम छानिए
नेपाली सेनाले आगामी वर्ष आकर्षक आम्दानी हुने विभिन्न मिशनमा जाने सैनिक अफिसरको नाम छनोट गरेको छ । ‘सैनिक सेवा नियमावली २०६९’ र ‘शान्ति सेना छनोट कार्यविधि, २०७५’ बमोजिम अब्जर्भर र स्टाफ अफिसर भएर जाने मेजरदेखि कर्णेलसम्मको नाम छनोट गरिएको जर्नेल सन्तोषबल्लभ पौडेलले जनाए । दक्षिण सुडानमा सीमा अनुगमन तथा सर्भेमा म.से. ईन्दिबर विष्टलाई पठाउने निर्णय गरिएको छ । त्यस्तै, सैनिक तालिम महानिर्देशनालय (काज–राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको कार्यालय)का महासेनानि सुवाष केसी पनि सोही मिशनको डेपुटी सेक्टर कमाण्डमा जानेछन् ।
नम्बर २८ बाहिनी अड्डाका झलेन्द्र भट्टराई पनि सेन्ट्रल अफ्रिकन रिपब्लिक जाने भएका छन् । म.से. विजय केसीको अर्को टोली लेबनान जानका लागि छनोट भएको छ । शोध तथा विकास निर्देशनालयका प्रमुख सेनानी पंकजराज पोखरेललाई पठाइनेछ । सोही मिशनमा जानेगरी महावीर योजना तथा समन्वय महाशाखाका प्र.से. झुलेन्द्रविक्रम बस्नेत पनि छानिएका छन् । नम्बर ७ बाहिनी अड्डाका प्र.से. लक्ष्मण खत्री दक्षिण सुडान जाँदै छन् । पश्चिम पृतना प्राड विवाकका वकिल कर्णेल अर्जुन थापा पनि सोही मिशनका लागि छनोट भएका छन् ।
प्र.से. बालकृष्ण कार्कीलाई कंगोमा खटाइने निर्णय भएको छ । उनी राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयमा कार्यरत छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्र.से. सञ्जीव भण्डारी सिरिया जाने तय भएको छ । ‘युनाइटेड नेशन इन्टरिम सेक्युरिटी फोर्स फर अबेई’ मा नम्बर १९ बाहिनी अड्डाबाट प्र.से. श्रवणकुमार प्रजापतिले प्रतिनिधित्व गर्नेछन् । सैनिक गठ्ठाघरका प्र.से.राम गुरुङ र बजेट निर्देशनालयका लेखा प्र.से. सजिन्द्रलाल श्रेष्ठले दक्षिण सुडानमा शान्ति स्थापनाको काम हेर्नेछन् मालीमा चक्रेश्वर गणका प्र.से. निराजन कटुवाल खटिने छन् ।
सुडानमै सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्र.से.निसितवरसिंह थापालाई पठाउने सेनाको निर्णय छ । पश्चिम पृतना तालिम शिक्षालयका प्र.से. अशेष पन्थीलाई अफ्रिका जान भनिएको छ । सुदूरपश्चिम पृतना तालिम शिक्षालयका प्र.से. शिवबहादुर अधिकारीलाई कंगोको मिशनमा पठाइने छ । नीति तथा योजना निर्देशनालयका प्र.से. गौरवध्वज खाँण ठकुरीलाई लेबनान पठाइँदै छ ।
पश्चिम पृतना हेडक्वार्टरका प्र.से. विश्वास विष्ट अफ्रिका जानेमा परेका छन् । सैनिक कल्याणकारी निर्देशनालयका सेनानी भरतकुमार लामा र नम्बर २ बाहिनी अड्डाका रञ्जिवविक्रम शाह कंगोमा खटिनेछन् । दक्षिण सुडान निम्ति नम्बर २७ बाहिनी अड्डाका सेनानी विमल थापा छनोट भएका छन् । लेबनानमा स्वास्थ्य विज्ञान संस्थानका सेनानी उज्ज्वल कार्कीलाई पठाउने सेनाको निर्णय छ । गुणस्तर नियन्त्रण महाशाखाका सेनानी राजन केसी अफ्रिका, नम्बर ७ बाहिनी अड्डाका सेनानी विश्व कार्की अबुईको मिशनमा सहभागी हुने भएका छन् । नम्बर १ सैन्य तालिम केन्द्रका सेनानी सिद्धार्थ मोक्तान, युद्धभैरव गणका प्रमोद भडेल, विशेष फौज बाहिनीका शिवहरि विष्ट, सिंहनाथ गणका सन्तोष पौडेल, प्यारा तालिम शिक्षालयका किशोर खड्काको टोली दक्षिण सुडानमा रम्नेछ ।
सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयका अरुण थापा, नम्बर ७ फि.ए. गुल्मका प्राविधिक सेनानी डा. पुनिता सिंह, भवानीदल गण (काज नम्बर १७ बाहिनी अड्डा) का पवन कार्की, मध्य एयरबेशका पाइलट सेनानी आदित्य गुरुङ, सैनिक ब्याटल स्कुलका जितबहादुर पुनसहितको टोली अफ्रिका जाने भएको छ । भैरवीदल गणका विकास खड्का, नम्बर १८ फि.ए. गुल्म (काज) डा.पुनम सिंह, जगदल गण (काज–नं.२५ बाहिनी अड्डा) का प्रशन्न गौरव पुन, नं. १ सैन्य तालिम केन्द्र (काज–नं.१८ बाहिनी अड्डा) का सञ्जय अधिकारी, सुरक्षा तथा समारोह व्यवस्था कार्यालय, उपराष्ट्रपतिको सचिवालय (काज–उपत्यका पृतना हेडक्वार्टर) का सेनानी योगेन्द्रविक्रम केसीसहितको टोलीले कंगोको शान्ति स्थापनामा सहयोग पु¥याउनेछ । नेपाली सैनिक पदिक तथा बिल्लादार (काज–प्रतिष्ठान नेपाली सैनिक वार कलेज) का बासु खत्री नेतृत्वको टोली लेबनान र दक्षिण सुडानमा उमेश खड्का जानेछन् ।
त्यस्तै, राष्ट्रिय सेवा दल (काज–सैनिक कल्याणकारी महानिर्देशनालय) की सेनानी दीपा खड्काले सिरियामा शान्ति कार्यको अनुगमन गर्नेछिन् । सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयका देवराज भट्ट र कार्यरथी विभाग (काज–नं.१ बाहिनी अड्डा) का दीपेन्द्र खड्का माली जाने छनोट भएको छ । सैनिक विशेष इण्टेलिजेन्स निर्देशनालय (काज–प्रतिविद्रोह तथा जंगलवारफेयर शिक्षालय) का सेनानी लोकसागर कटुवाल, प्रकृति संरक्षण शिक्षालय (काज नं.७ बाहिनी अड्डा) का सेनानी वेदप्रसाद खड्का, कालीदल गण (ई.) वीरेन्द्र पुन, राजदल गण (काज–नं.२३ बाहिनी अड्डा) का सेनानी गोकुलराज रेग्मी, रणभीम गणमा कार्यरत सरस्वती श्रेष्ठ र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयकी सुनिता ठकुरीले दक्षिण सुडानमा शान्ति स्थापनाका लागि सहयोग गर्नेछन् ।
सैनिक तालिम महानिर्देशनालय (काज–नं. बाहिनी अड्डा) का सेनानी राजकुमार महतको टोली लेबनान जानका लागि छनोटमा परेका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालय (काज–नं.९ बाहिनी अड्डा) का सेनानी ऋषभ कार्की छन् । कालीभञ्जन गण (ई.) (काज–पश्चिम पृतना हेडक्वार्टर) का सेनानी प्रज्वल अधिकारी कंगो र विशिष्ट उडान सेवाका जितबहादुर पुन र सैनिक ब्याटल स्कुलका ईश्वर सिजवालले अफ्रिकामा शान्ति स्थापना गर्नेछन् ।
टिप्पणीहरू