काठमाडौंले अनलाइनबाटै कर उठाउने

काठमाडौंले अनलाइनबाटै कर उठाउने

काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । ‘अनलाइन रेभिन्यु सिस्टम' मार्फत कर भुक्तानी गर्न महानगरले यस्तो व्यवस्था गरेको हो । 

महानगरलाई कर तिर्नका लागि ‘काठमाडौं डट जीओभी डट एनपी’ वा ‘ईसर्भिस डट काठमाडौं डट जीओभी डट एनपी’ मा लगइन भएको हुनुपर्नेछ । त्यसपछि अनलाइन कर भुक्तानीमा गएर प्रयोगकर्ताले ‘ट्याक्स पेयर आईडी’ राख्नुपर्ने महानगरले जनाएको छ । 

महानगरका अनुसार आफ्नो पासवर्ड राखेर करदातामा क्लिक गर्नुपर्नेछ । सोपश्चात् भुक्तानीका विकल्पमध्ये एउटा छानेर कर तिर्न सकिनेछ । एकभन्दा बढी शीषर्कमा समेत एकैपटक कर तिर्न सकिने महानगरले जानकारी दिएको छ ।

हालसम्म करदाता आईडी प्राप्त नगरेकालाई आवश्यक कागजात र विवरणसहित वडा कार्यालयमा सम्पर्क गर्न भनिएको छ । त्यस्तै, महानगरले सबैलाई अनलाइनमार्फत कर तिर्न आग्रह गरेको छ ।


 

टिप्पणीहरू