सेनापतिलाई आफ्नै पल्टनियाँ प्यारो

सेनापतिलाई आफ्नै पल्टनियाँ प्यारो

प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो मदर युनिट पुरानो गोरख गण कमाण्ड गरेका ४० बेसिकका अनिलकुमार बुढाथोकी र ४१ बेसिकका राजेश थापालाई फास्टट्र्याकबाट अगाडि ल्याउँदा ३५ बेसिकदेखिका अधिकृतहरू निराश भएका छन् । यसरी आफ्नालाई धेरै नम्बर र राम्रो कमाण्ड दिएर तान्दा फिल्डमा दुःख गर्नेलाई ठूलो मार परेको गुनासो छ । अन्य सुरक्षा अंगमा को कहिले, कसरी तानिने या फालिने कुनै ठेगान नहुँदा नेपाली सेनाले भने प्रमुख सेनानीलाई फुल कर्णेल र मेजरलाई लेफ्टिनेन्ट कर्णेल पदमा बढुवा गर्ने भएको छ । २०८० चैत मसान्तसम्म साधारण सेवातर्फ रिक्त हुन आउने २८ महासेनानी र ७६ प्रमुख सेनानी पदमा पदोन्नतिका लागि बढुवा समितिले नाम सिफारिस गरेको हो ।

कमाण्ड तथा स्टाफ तालिम समूहको योग्यताक्रम उपसमूहबाट बढुवा सिफारिस हुनेमा ब्याच नम्बर ३१९५ भएका अनिलकुमार बुढाथोकी छन् । राजेश थापा पनि सिफारिसमा परेका छन् । ब्याच नम्बर ३३४६ भएका उनी प्रधानसेनापतिको कार्यालयमा छन् । निरीक्षण निर्देशनालयमा कार्यरत ब्याच नम्बर २८४७ भएका प्रभाकर खड्का, बलाधिकृत विभागमा कार्यरत दीपक भण्डारीको पनि बढुवा हुने भएको छ । ब्याच नम्बर २८५३ बाट बढुवा सिफारिशमा परेका सेनानी सन्तोष कार्की पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत छन् । त्यस्तै, सञ्चार प्रविधि तालिम शिक्षालयका फिरोद कार्की, सैनिक कल्याणकारी निर्देशनालयका कृष्ण खड्का क्षेत्री, प्रधानसेनापतिको कार्यालयका शैलेन्द्र कोइराला, चरक बाहिनीका अच्युतबहादुर शाह पनि उक्लिन लागेका छन् ।

उनीहरूको ब्याच नम्बर क्रमशः २८६३, २८६८, २८८३ र २८६२ रहेको छ । शोध तथा विकास निर्देशनालयका पंकजराज पोखरेल, स्टाफ कलेजका उत्तम सापकोटा पनि महासेनानी बन्दै छन् । पश्चिम पृतना हेडक्वार्टरका अर्जुन अधिकारीको समेत पदोन्नति हुने भएको छ । नम्बर २७ बाहिनी अड्डाका चन्दनसिंह थापा र नम्बर १८ बाहिनीका प्रेम हमालको ब्याच नम्बर क्रमशः ३०४२ र ३०९९ रहेको छ । प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेत महावीर योजना तथा समन्वय महाशाखामा कार्यरत छन् । ब्याच नम्बर ३०२१ भएका उनीसहित कार्यरथी विभागका शिखर जबरा, जगदल गणका सरोजकुमार कार्की, पि.एस.ओज कार्यालयका सविन्द्र नगरकोटीको नाम पनि सिफारिसमा परेको छ । ब्याच नम्बर ३०३७ भएका सुरेश थापा विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत छन् । उनीसँगै मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुजनबहादुर मल्ल पनि एक तह उक्लिने भएका छन् ।

चरक बाहिनीमा कार्यरत ब्याच नम्बर ३०४३ भएका लोकेश केसी, शान्ति कार्य निर्देशनालयमा कार्यरत निरञ्जन भण्डारीको नाम पनि बढुवामा परेको छ । स्टाफ कलेजका पवनकुमार खड्का, सैनिक सचिव विभागका मिनराज तिवारी, ईन्जिनियर तालिम शिक्षालयका ईश्वर बुढाथोकी, हवाई सुरक्षा तालिम शिक्षालयका ब्रजेश महर्जन, विशेष फौज बाहिनीका समुद्र थापा, स्टाफ कलेजका राजेश खकुरेल प्रमुख सेनानी हुन् । त्यस्तै, स्टाफ तालिम समूहबाट ६१ सेनानी बढुवा सिफारिसमा परेका छन् । पहिलो नम्बरमा पूर्वी पृतना हेडक्वार्टरका विक्रमदेव थापा छन् ।

उनको ब्याच नम्बर ३९६३ हो । सैनिक प्रतिष्ठानका उमेश खड्का, पदिक तथा बिल्लादार प्रतिष्ठानका बासु खत्री, व्याटल स्कुलका लोकेन्द्र कार्कीको नामसमेत बढुवा समितिले सिफारिस गरेको छ । गणेशदल गणकी कञ्चना सिंह, विशेष इण्टेलिजेन्स निर्देशनालयका देवराज भट्ट, कार्यरथी विभागका दीपेन्द्र शाही प्रमुख पनि सेनानी बन्ने भएका छन्् । निरीक्षण निर्देशनालयका रविन्द्रकुमार श्रेष्ठ, नम्बर २१ बाहिनी अड्डाका मनोज कार्की, नम्बर १५ बाहिनी अड्डाका सचिन्द्र दवाडी, कालीदत्त गुल्मका सुनिल प्रसाईं, भवानी दलका पवन कार्की, नम्बर २१ बाहिनी अड्डाका विरोध रिजाल, प्रकृति संरक्षण शिक्षालयका वेदप्रसाद खड्का पुलि थप्नेको सूचिमा छन् । सैनिक विशेष इण्टेलिजेन्स निर्देशनालयका लोकसागर कटुवालको पनि बढुवा हुने भएको छ । 

वार कलेजका प्रतिक बस्नेत, मध्यपश्चिम पृतना हेडक्वार्टरका सरोज थापा, इण्टेलिजेन्स शिक्षालयका खिलेन्द्रराज आमगाईं, शान्ति कार्य निर्देशनालयका सुदीप शाह बढुवामा सिफारिस भएका छन् । रणदल गुल्मका निखिलबहादुर चन्द, तालिम महानिर्देशनालयका सुदिपकुमार तामाङ्ग, उपत्यका पृतना हेडक्वार्टरका दिनेश मल्ल, ४ बाहिनी अड्डाका गोविन्द थापा, कालीप्रसाद गण (ई.) का सुमित श्रेष्ठ, सिंहनाथ गण (कमाण्डो) का दिपक राई, नीति तथा योजना निर्देशनालयका तेजेन्द्र मगर, दुर्गादल गुल्मका गिरिराज गौतम प्रमुख सेनानी बन्ने भएका छन् । देवीदत्त गणकी सावित्री जिसी, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रकी सबिता खड्का रणनीतिक अध्ययन तथा योजना निर्देशनालयकी प्रतिभा थापा पनि प्रमुख सेनानी पदमा उक्लिने भएका छन् । गणपति–युनिट कमाण्ड तथा स्टाफ कोर्ष समूहबाट १५ जना सेनानीको बढुवा हुने भएको छ ।

 

टिप्पणीहरू