नयाँ वर्षमा स्मार्ट क्यूआरमा अर्को छुट

नयाँ वर्षमा स्मार्ट क्यूआरमा अर्को छुट

अब स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा बिग मार्टमा विशेष छुट उपलब्ध हुने भएको छ । कम्पनीले नयाँ वर्षको उपलक्ष्ममा उक्त अफर सार्वजनिक गरेको हो । 

अफरअन्तर्गत ग्राहकले स्मार्ट क्यूआरमार्फत बिग मार्टमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १५० रुपैयाँ) सम्म छुट पाउनेछन् । त्यस्तै, स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले पनि बिग मार्टको सम्पूर्ण शाखामा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । 

कम्पनीका अनुसार बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एपमार्फत भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ । 

साथै, हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १५० रुपैयाँ) सम्म छुट पनि अफरमा कायम गरिएको छ । 

विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरेलगत्तै यो सुविधा उपलब्ध हुन लागेको हो ।

टिप्पणीहरू