अब अनलाइनबाटै नक्सा पास गर्न सकिने

अब अनलाइनबाटै नक्सा पास गर्न सकिने

काठमाडौं महानगरपालिकाले अनलाइनबाट नक्सा पास गर्न सकिने व्यवस्था मिलाएको छ । आजदेखि पूर्णरुपमा ‘अनलाइन नक्सा पास प्रणाली’ शुरु गरिएको बताइएको छ । 

अब भौतिक संरचना बनाउँदा अनलाइनबाटै नक्सा दर्ता गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजतलगायतका प्रक्रिया पनि अनलाइनबाटै गर्न सकिन्छ । 

योसँगै महानगर र मातहतका कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । पहिले दुईदेखि तीन महिना लाग्ने प्रक्रिया अब २५ दिनमै पूरा हुने महानगरले जनाएको छ । यसका लागि आवश्यक पर्ने सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरको व्यवस्थापनसमेत गरिसकिएको छ । 

यो प्रणालीको प्रयोगपछि यसअघि कायम रहेका बिचौलिया, वारेसनामा पद्दति, आर्थिक अनियमिततालगायत कार्यमा रोक लाग्ने अपेक्षा महानगरको छ ।
 

टिप्पणीहरू