सशस्त्रकै फेसबुक छैन सुरक्षित

सशस्त्रकै फेसबुक छैन सुरक्षित

सशस्त्र प्रहरीकै फेसबुक पेज ह्याक भयो, खोल्ने अनेकन प्रयत्न जारी छ । देशको अर्धसैन्य संगठनको आधिकारिक फेसबुक पेज कसले, कुन स्वार्थमा यसरी ह्याक गरेको हो ? त्यो त खुल्न बाँकी छ । तर, असावधानी भने सशस्त्र मुख्यालयको आइटी शाखाकै भएको ठहर उक्त संगठनका हाकिमहरूले गरेका छन् ।

अहिले नेपाल प्रहरीको भोटाहिटीस्थित साइबर क्राइम व्युरोमार्फत फेसबुक मुख्यालयमा पत्राचार गरिएको छ । तर, ह्याकर अझै पत्ता लागेको छैन, पेज सुचारु हुन पनि सकेको छैन । फलतः गत हप्ता नयाँ गृहमन्त्रीका रुपमा नारायणकाजी श्रेष्ठले हल्चोकको निरीक्षण गर्दाको समाचार सशस्त्रको फेसबुक पेजमै अटाएन । 

अर्कातिर, सशस्त्र प्रहरी नियमावली संशोधनका लागि जोडतोड चलिरहेको छ । डिआइजीको पदावधी फ्ल्याटमा पाँच वर्षे बनाउन र आइजीले १ वर्ष थप्ने स्वविवेकको अधिकार कटाउन यसो गरिएको हो । नियम फेरिँदा कानुनका एसएसपी युवराज अर्याल, आप्रका कामु होम ज्ञवालीहरू सोझै डिआइजी बन्छन् ।

मद्धती तथा सेवा इञ्जिनियरिङतर्फका डिआइजी सन्दिप थापा, अस्पतालका डिआइजी डा.रुपक महर्जनहरू आ–आफ्नो महाशाखालाई विभाग बनाएर स्तरोन्नति गर्दै एआइजी हुने तयारीमा छन् । 
 

टिप्पणीहरू