प्रधानमन्त्री कार्यालयमा बैठक, मन्त्रीदेखि व्यापारीसम्मको उपस्थिति

प्रधानमन्त्री कार्यालयमा बैठक, मन्त्रीदेखि व्यापारीसम्मको उपस्थिति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो वाणिज्य प्रवद्र्धनसम्बन्धी बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा मन्त्रीहरु, सचिव, सरकारी अधिकारी र केही व्यापारीकोसमेत उपस्थिति रहेको बताइन्छ । 

प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योगमन्त्री रमेश रिजाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किराँतीलगायत मन्त्रीहरुको सहभागिता थियो । 

दिउँसो सवा २ बजे शुरु बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, व्यवसायी सुरज वैद्य, केही सचिव र अन्य सरकारी अधिकारीहरुकोसमेत उपस्थितिमा परिषद् बैठक बसेको हो ।

टिप्पणीहरू