प्रतिनिधिसभा बैठक दिउँसो १ बजे
प्रतिनिधि सभाको बैठक आज डाकिएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्दैछ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८ र २०७९’ पेश गर्नुहुने कार्यसूची छ ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेश गर्नुहुनेछ ।
टिप्पणीहरू