अर्को मिति नतोकी राष्ट्रियसभा बैठक रोकियो
आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । दिउँसो २ः३१ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाएर स्थगित गरिएको हो ।
आजको बैठक विशेष कारणले स्थगित गरिएको र अर्काे बैठक अर्काे सूचना जारी गरेर दिन र समय तोकिने संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
टिप्पणीहरू