महानगरका मेयरद्वारा कोसेली घरको उद्धघाटन
ललितपुर महानगरपालिकाले कोसेली घर सञ्चालनमा ल्याएको छ । महानगरका मेयर चिरिबाबू महर्जनले आज एक कार्यक्रमका बीच कोसेली घरको उद्दघाटन गरे ।
कार्यक्रममा ललितपुर हस्तकला संघका अध्यक्ष रमेश सिंह, महानगरका उपमेयर मन्जली शाक्य, ललितपुर जिल्लाका सिडियो जयनारायण आचार्यलगायत उपस्थित थिए ।
महानगरले महानगरभित्र उत्पादन हुने हस्तकलाको बजार प्रवर्द्धन र विस्तारका लागि पाटनढोकामा उक्त कोसली घर स्थापाना गरेको हो ।
टिप्पणीहरू