नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको भारतीय प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना

नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको भारतीय प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति पौडेललाई थप उपचारको निम्ति आज बिहान नयाँ दिल्ली पुर्याइएको छ । 

नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्री मोदीले राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना गरेको सन्देशबारे जानकारी गराएको छ । दूतावासले लेखेको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले पठाउनु भएको शुभकामना सन्देश प्राप्त भएको छ ।’ 

नयाँ दिल्ली पु्र्याइएपछि उहाँको परीक्षणको क्रम शुरु भएको छ । राष्ट्रपतिको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा आज दिउँसोबाट उपचारको प्रक्रिया थालिएको हो ।

उहाँलाई बिहान श्री एअरको चार्टर उडानमा काठमाडौंबाट नयाँ दिल्ली पुर्याएको थियो । हिजो दिउँसो काठमाडौंस्थित शिक्षण अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपतिको छाती र पिसाबमा समस्या देखिएको बताइएको थियो ।

टिप्पणीहरू