प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा कलैया जाने, शक्तिखोर हुँदै राजधानी फर्कने

प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा कलैया जाने, शक्तिखोर हुँदै राजधानी फर्कने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सेनाको हेलिकोप्टरमा कलैया जान लाग्नुभएको छ । उहाँ बारा २ को उपनिर्वाचन प्रचारप्रसारको क्रममा आयोजित आमसभालाई सम्बोधन गर्न पौने १२ बजे त्यता जाने कार्यक्रम रहेको बताइएको छ । 

सोही उडानमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालगायत गठबन्धन दलका शीर्ष नेताहरु पनि बारा जानुहुने छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारबाट उड्ने एनए ०५३ एमआई सेनाको हेलिकोप्टर बारास्थित सेनाको ज्वाला दल गणमा अवतरण हुनेछ । 

त्यसपछि चितवनको शक्तिखोर पुगेर प्रधानमन्त्री सोही हेलिकोप्टरमा अपरान्ह काठमाडौं फर्कनुहुने बुझिएको छ ।

टिप्पणीहरू