साना बालबालिकालाई दुई साताको फरकमा नियमित खोप लगाइने
सरकारले ५ वर्षमुनिका बालबालिकालाई नियमित खोप दिने भएको छ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई आउँदो वैशाख १५ र ३१ गते खोप दिन लागिएको बताइएको छ ।
बृहत र नियमित अभियानअन्तर्गत दुई दिन खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य संस्थामा गएर आ–आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ ।
‘२०८० वैशाख १५ र ३१ गते देशभरका सबै सरकारी संस्थाबाट नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई नियमित खोप दिँइदैछ’, भनिएको छ, ‘नजिकैको स्वास्थ्य संस्थामा गई आ–आफ्ना बालबालिकालाई छुटेको नियमित खोप लगाउन हुन अनुरोध गरिन्छ ।’
बालबालिकालाई जन्मिएको १५ महिनाभित्र विभिन्न चरणमा १२ भन्दा बढी रोगविरुद्धको खोप लगाइन्छ ।
टिप्पणीहरू