मतदानसँगै मुख्यमन्त्रीलाई निर्वाचन आयोगको स्पष्टीकरण

मतदानसँगै मुख्यमन्त्रीलाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्रीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेकोमा स्पष्टीकरण सोधेको बताइएको छ ।

बाराको २ नम्बर क्षेत्रमा आज भइरहेको उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना काम गरेको यादवमाथि आरोप लागेको छ । आयोगले सोधेको छ, ‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत हुने गरी के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ?’ 

निर्वाचन आचारसंहित विपरित हुनेगरी उनले सरकारी सवारी साधन र सुरक्षा प्रयोग गरेकोमा पनि आयोगले स्पष्टीकरण सोधेको छ । ‘सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लंघन गरेकामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?’ उल्लेख गर्दै सोधिएको स्पष्टीकरणमा २४ घण्टाभित्र लिखित जवाफ दिन म्याद दिइएको छ ।
 

टिप्पणीहरू