तनहुँमा स्वर्णिम अगाडि, चितवन र बारामा मतगणनाको तयारी
तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मत परिणाम आउन थालेको छ । पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले काँग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालभन्दा निकै अगाडि देखिएका छन् ।
बिहान ८ बजेसम्मको मतपरिणामअनुसार कूल १३ हजार ६५ मत गनिएको छ । जसमा वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन् भने भट्टराईले ३ हजार २३४ मत पाएका छन् ।
एमालेका खनालले २ हजार १३४ मत प्राप्त गरेको देखिएको छ ।
१ लाख २३ हजार ३०५ मतदातामध्ये हिजो भएको मतदानमा ६३ हजार ७ सय ५७ मत खसेको छ । उम्मेदवार ९ जना छन् । यता बारा–२ र चितवन–२ मा हिजो भएको मतदानको निम्ति सर्वदलीय बैठक बोलाइएको छ । अबको केहीबेरमा मतगणना हुने बताइएको छ ।
टिप्पणीहरू