उपप्रधान तथा गृहमन्त्री बारपाक जाँदै
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा जान लाग्नुभएको छ । उहाँ बिहान गोरखाको बारपाक जान लाग्नुभएको बताइएको छ ।
मन्त्री श्रेष्ठ बिहान साढे १० बजे त्यता प्रस्थान गर्नुहुने छ । उहाँ नेपाली सेनाको एमआई ०५३ हेलिकोप्टरमा बारपाक पुगेर आउन लाग्नुभएको हो ।
आजैका दिन आठ वर्षअघि महाभूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्र (इपिसेन्टर) गोरखाको बारपाक थियो । सोही अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन उहाँ त्यहाँ जान लाग्नुभएको हो ।
टिप्पणीहरू