सिर्फ एक बधाइको सवाल

सिर्फ एक बधाइको सवाल

गोर्खाली डा.स्वर्णिम वाग्लेले तनहुँ–१ बाट भारी मतान्तरसहित उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पारेका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार बढी मतले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट वाग्ले विजयी भएका हुन् ।

भट्टराईले हार स्वीकार गर्दै वाग्लेलाई बधाइ–शुभकामना मंगलबार एकाबिहानै दिइसकेका छन् । तर त्यही कांग्रेस पार्टीका महामन्त्री तथा वाग्लेका पुराना मित्र गगन थापा भने अहिलेसम्म मौन छन् ।

सामाजिक सञ्जालमा चर्चा भइरहेको छ– स्वर्णिम वाग्लेलाई बधाइ भन्न किन डराइरहेका छन् गगन थापा ? एक महिनाअघिसम्म गगन–स्वर्णिमको सबैभन्दा राम्रो सम्बन्ध थियो । उनीहरू एकअर्काको प्रशँशा गरेर कहिल्यै थाक्दैनथे । तर सत्ता स्वार्थले गगन–वाग्लेको सुमधुर सम्बन्धलाई एक महिनामा धक्का लगाइदियो।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य वाग्ले र कांग्रेस महामन्त्री थापाका समर्थक–प्रशंसक लगभग लगभग उस्तैउस्तै छन् । तर वाग्लेको पक्षमा खुलेर लागेका नेता–कार्यकर्ता भन्छन्, ‘स्वर्णिम दाइको जितमा गगन दाइ हाँस्नुपर्छ। रमाउनुपर्छ । अब रोएर हुँदैन। यो राजनीति हो, हारजित,पक्षविपक्ष भइहाल्छ ।’

वाग्ले समर्थकले यति भनिरहँदा महामन्त्री थापालाई एउटा डरचाहिँ  पक्कै छ– यति छिट्टै दिइहाल्नु र ! सभापति शेरबहादुर देउवा र भाउजू समूहले सामाजिक सञ्जालमा लखेटिहाल्छ कि ?

टिप्पणीहरू