बालुवाटारमा संसद अधिवेशन अन्त्यबारे छलफल

बालुवाटारमा संसद अधिवेशन अन्त्यबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच संघीय संसदको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ । 

आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटघाटमा उहाँहरुबीच जारी अधिवेशन अन्त्य गर्नेबारे कुराकानी भएको हो ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद अधिवेशन छिट्टै अन्त्य गर्ने समझदारी जुटेको बताइएको छ । 

भेटमा अध्यक्ष तिमिल्सिनाले हालै सम्पन्न आफ्नो रूस भ्रमणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको बताइएको छ ।

टिप्पणीहरू