दक्षिण कोरियाको के होला दाउ ?

दक्षिण कोरियाको के होला दाउ ?

कोरियाले सन् २०३० मा एउटा ठूलो विश्वस्तरीय एक्स्पोको आयोजना गर्ने उद्देश्य लिएको छ । हरेक पाँच पाँच वर्षमा हुने उक्त आयोजना गर्न चाहनेमा दक्षिण एसियाबाट दक्षिण कोरिया र साउदी अरेबिया छन् ।

त्यसका लागि विश्वभरका १ सय ६९ मुलुक मतदाता हुन्छन् । उक्त मतदान यही वर्षको अन्तिममा हुन्छ । कोरियाले बुसान शहरमा गर्न चाहेको एक्स्पोको पक्षमा अमेरिका पनि छ । जबकि साउदी अरेबियालाई ८० भन्दा बढी देशले एक्स्पोका निम्ति मत दिने भनिसकेका छन् । 

यससँगै राष्ट्रिय जासुसी सेवा (एनआइएस) का प्रमुख किम हाओओन नेपाल आउँदा परराष्ट्रको च्यानल प्रयोग गर्नुपर्नेमा सीधै एउटा संस्थाको निमन्त्रणाका नाममा आउनुलाई अस्वभाविक मानिएको छ । त्यसमाथि नेपाल आएर यहाँका सचिव, मुख्यसचिव भेट्नुपर्नेमा गुप्तचर प्रमुखसँग मात्रै बरफवागमा खुसुखुसु गोप्यवार्ता गर्नु अर्को अस्वभाविक पक्ष हो ।

त्यसो त एउटै देशका कूटनीतिज्ञ र गुप्तचरका मान्छेबीच राम्रो सम्बन्ध हुँदैन । त्यसैले कोरियाली राजदूतलाई आफ्नो गुप्तचर हाकिम आउनेबारे जानकारी नदिइएको पनि हुनसक्छ । कोरियाली दूतावासमा जासुसी हेर्ने अधिकारीलाई प्रथम सेक्रेटरीका कभरमा राख्ने गरिएको छ ।
 

टिप्पणीहरू