घण्टीघरमा सरकारबारे छलफल घनिभूत

घण्टीघरमा सरकारबारे छलफल घनिभूत

सरकारबारे छलफल गर्न बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ । 

बसुन्धरास्थित पार्टी कार्यालय घण्टीघरमा बसेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थनबारे छलफल भइरहेको जनाइएको छ । साथै बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तारका विषयमा पनि छलफल हुनेछ । 

मूलत: सरकारबारे नै आजको बैठक केन्द्रित रहने बुझिएको छ । सरकारमा सहभागी नभए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाको समर्थन छ । उपचुनावपछि सरकारमा जाने तयारीमा रहेका सभापति रवि लामिछाने मागेको मन्त्रालय नापाएपछि समर्थन फिर्ता लिने मनस्थितिमा रहेको र आजको बैठकले त्यस्तै निर्णय गर्न सक्ने एक नेताले बताएका छन् । 

हिजो सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
 

टिप्पणीहरू