जिउँदो शहीदको शवयात्रा शुरु, उग्र तीर्थघाटमा अन्तिम संस्कार गरिने
हिजो निधन भएका दोस्रो जनआन्दोलनका घाइते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका मुकेश कायस्थको आज अन्त्येष्टि गर्न लागिएको छ । उनको शवलाई बनेपा नगरपालिकाको प्राङ्गणमा बिहान ११ः३० सम्म राखेर नगर परिक्रमा गरेर उग्र तीर्थ घाटमा पुर्यााइएको छ ।
‘जिउँदो शहीद’ भनेर चिनिएका कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा हिजो साँझ निधन भएको थियो ।
२०६२ चैत २७ गतेका दिन मुकेशको कञ्चटमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।
बनेपा नगरपालिका ८, स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते जन्मिएका थिए ।
टिप्पणीहरू