जर्नेलको निम्ति बेलायती दूतावासमा डिनर,मीनेन्द्र रिजाल आमन्त्रित

जर्नेलको निम्ति बेलायती दूतावासमा डिनर,मीनेन्द्र रिजाल आमन्त्रित

नेपाल भ्रमणमा आइतबार आएको बेलायती सैन्य टोलीको सम्मानमा लैनचौरस्थित बेलायती दूतावासले डिनर आयोजना गरेको छ । रोयल कलेज अफ डिफेन्स स्टडिजका १९ जनाको टोलीलाई हिजो डिनर दिइएको हो । 

शैक्षिक भ्रमणमा काठमाडौं आएको टोलीको नेतृत्व कलेजका शिक्षाध्यक्ष लेफ्टिनेण्ट जनरल सर जर्ज नोर्टनले गरेका छन् । उनीहरु साँझ ५ बजे हिजो दूतावास पुगेका थिए ।

आज स्वदेश फर्कन लागेको टोलीलाई हिजो दिइएको डिनरमा नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजाललाई पनि निम्त्याइएको थियो । निम्तो मान्न उनी साँझ साढे ६ बजे बेलायती दूतावास पुगेका थिए ।

रिजाललाई भूतपूर्व रक्षामन्त्रीको हैसियतमा बोलाइएको बेलायती दूतावास स्रोतको दाबी छ । डिनरमा स्टाण्डर्ड चार्टर्ड बैंकका सीईओ अनिरभान घोस,परराष्ट्र मन्त्रालयका र अन्य केही  सरकारी कर्मचारी पनि सहभागी थिए ।

टिप्पणीहरू