काठमाडौं विमानस्थलमा टेक्ने बितिक्कै विदेश फर्केका एमाले सांसद आइपुगे
एमाले सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल काठमाडौं आइपुगेका छन् । उनी कोरियन एअरको उडान नम्बर केई६९५ मा सिओलबाट साँझ ६ बजे आएको बताइएको छ ।
मंगलबार हङकङ हुँदै सिउलबाट स्वदेश फर्के पनि राति १० बजे ओर्लेका उनी साढे १२ बजे सोही विमानमा हङकङ हुँदै कोरिया गएका थिए ।
यसअघि ढकाल वैशाख १७ गते हङकङ हुँदै कोरिया गएका थिए । तर मंगलबार क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ६०३ मा राति १० बजे काठमाडौं आइपुगे पनि मध्यरात साढे १२ बजे काठमाडौंबाट हङकङको लागि प्रस्थान गरेका थिए ।
मुश्किलले साढे दुई घण्टाको निम्ति काठमाडौं विमानस्थलमा ओर्लेर पुनः उतै लाग्नुलाई शंकास्पद र अर्थपूर्ण ठानिएको थियो । तीन दिनपछि उनी कोरियाबाट काठमाडौं आएका हुन् ।
टिप्पणीहरू