राजदूत भेटेलगत्तै मन्त्री विदेशतिर,सचिव र चिनियाँ राजदूतबीच भलाकुसारी
परराष्ट्रमन्त्री एनपी साउद विदेश उड्नुभएको छ । उहाँ हिजो दिउँसो सवा १ बजे विमान बंगलादेशको उडानमा राजधानी ढाका जानुभएको बताइएको छ ।
मन्त्री चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जानुभएको हो । उहाँ अघिल्लो साता बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा भाग लिन लण्डन जानुभएको थियो ।
बंगलादेश उड्नुअघि मन्त्रालयमा मन्त्री साउदसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले भेटवार्ता गर्नुभएको थियो ।
हिजै परराष्ट्र मन्त्रालयमा सचिव भरतराज पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
टिप्पणीहरू