भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न माग गर्दै प्रशासन कार्यालय घेराउ
मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी काण्ड मच्याउने सबैमाथि छानविन र कारवाहीको माग गर्दै जिल्ला प्रशासन घेराउ गरेको छ ।
यस प्रकरणका दोषीलाई कारबाहीको माग राख्दै समाजले आज जिल्ला प्रशासन कार्यालय, सुर्खेत घेराउ गरेको हो । त्यसक्रममा उनीहरुले कुशासन र दण्डहीनताको अन्त्यका लागि राज्यको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए ।
सरकारलाई खबरदारी गर्ने उद्धेश्यले आयोजित विरोध प्रदर्शनमा उपस्थित दर्जन बढी प्रदर्शनकारीहरुले सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिताको सुनिश्चिचतालगायतका माग राखेका थिए ।
प्रर्दशनकारीहरुले ‘मानव अधिकारमैत्री ऐन बनाऊ’,‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर’,‘लोकतन्त्रको सबैभन्दा ठूलो शत्रुः सुशासन र दण्डहीनता’,‘करम्सन विकेन्स डेमोक्रेसी’,‘भ्रष्ट्राचारका कारण देश खोक्रो भइसक्यो’, लगायतका नारा लगाएका थिए ।
टिप्पणीहरू