बिहान प्रधानमन्त्रीसँग र दिउँसो रवि लामिछानेसँग गृहमन्त्रीको बातचित

बिहान प्रधानमन्त्रीसँग र दिउँसो रवि लामिछानेसँग गृहमन्त्रीको बातचित

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछानेले मन्त्री श्रेष्ठसँग दिउँसो ३ बजेको समयमा भेट गरेको बताइएको छ ।

मन्त्री भेट्न ३ बजे गृहमन्त्रालय पुगेका लामिछाने साढे ३ बजेको समयमा बाहिरिएका थिए । त्यहाँबाट मन्त्री र सांसद लामिछाने संसदको संयुक्त बैठकमा सहभागी हुन संसद भवन, नयाँ बानेश्वर पुगेको बताइन्छ । 

मध्यान्ह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो । आजै बिहान बालुवाटारमा प्रधानमन्त्री र उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठबीच कुराकानी भएको थियो ।

टिप्पणीहरू