२०८० साल नेपाल भ्रमण दशक

२०८० साल नेपाल भ्रमण दशक

सरकारले वि.सं. २०८० लाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा २०८० साललाई नेपाल भ्रमण दशकको रुपमा मनाउने उल्लेख छ । 

त्यस्तै, सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाइने सरकारी निर्णय आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । यसअघि नेपालले सन् १९९८ र सन् २०२० मा पनि नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो । तर २०२० को नेपाल भ्रमण वर्ष कोरोना महामारीका कारण स्थगित भएकाे थियाे ।
 

टिप्पणीहरू