मौसम बिग्रेपछि २४ घण्टासम्म सतर्कता अपनाउन आग्रह
काठमाडौँ उपत्यकासहित मुलुकभर आज मौसममा एकाएक परिवर्तन आएको छ । बिहानदेखि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । अन्यत्र पनि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसोदेखि देशका केही स्थानमा वर्षा हुने अनुमान छ । महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
राति भने मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टा विशेष सर्तकता अपनाउन आग्रह गरेको छ । कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरी समेतको सम्भावना बढेकाले विशेष सर्तकता अपनाउन भनिएको छ ।
टिप्पणीहरू