संसद भवन खालि गराउन वैद्यका कार्यकर्ता सडकमा

संसद भवन खालि गराउन वैद्यका कार्यकर्ता सडकमा

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले भ्रष्टाचारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणलगायत अन्य भ्रष्टाचार काण्डको छानबिन गर्दै दोषीलाई कारवाहीको माग गरेका वैद्यका कार्यकर्ताले आज अपरान्ह माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । कालो ब्यानर, हँसिया हथौडा अंकित झण्डा र प्लेकार्ड लिएर सडकमा उत्रिएका प्रदर्शनकारीहरुले व्यवस्था विरुद्धसमेत चर्को नाराबाजी गरेका छन् । 

युनियन अध्यक्ष विनोद थापाको नेतृत्वमा महासचिव वसन्त बोगटी, उपाध्यक्ष ईश्वर तिमिल्सिनालगायत सहभागी रहेको प्रदर्शनमा उनीहरुले ‘भ्रष्टाचारहरुको मूल घर संसद भवन खालि गर !’, ‘सिंहदरबार बालुवाटार, जताततै भ्रष्टाचार !’, ‘भ्रष्टतन्त्र मूर्दावाद’, ‘लुटतन्त्र मूर्दावाद !’, लगायत नारा लगाएका थिए ।

टिप्पणीहरू