काठमाडौँका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट राखिने

काठमाडौँका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट राखिने

सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ । 

सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने योजनाअन्तर्गत सरकारले वजेटमार्फत उक्त निर्णय गरेको हो । 

सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गर्नेसमेत बजेटमा उल्लेख छ ।

टिप्पणीहरू