एमालेको कार्यक्रममा जसपाका यादवलाई लोसपाको नेता सम्बोधन
नेकपा एमालेको भ्रातृ संगठन युवासंघ नेपालले आयोजना गरेको विचार गोष्ठीमा जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवलाई लोसपा नेताका रुपमा त्रुटीपूर्ण प्रचार गरिएको छ । कार्यक्रमबारे जानकारी दिन बनाइएको प्रचार सामाग्रीमा यादवलाई ‘नेता, लोसपा’ भनेर प्रस्तुत गरिएको हो ।
गणतन्त्र दिवसको अवसरमा युवासंघले गल्फुटारस्थित ताज प्यालेस बैंकटमा उक्त कार्यक्रम आयोजना गर्न सार्वजनिक गरेको पोष्टरमा यस्तो त्रुटी भेटिएको हो । ‘व्यक्तित्व सम्मान तथा समृद्ध नेपाल, सुखी नेपाली विषयक विचार गोष्ठी’ नाम दिइएको कार्यक्रम आज बिहान ११ बजेका लागि तय थियो ।
एमालेबाट महासचिव शंकर पोखरेल, माओवादी सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेल, काँग्रेसका प्रदीप पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा कार्यक्रमको वक्ता रहेको प्रचार सामग्रीमा देखिन्छ ।
टिप्पणीहरू