अमेरिका जाने ? बढ्यो भीसा शुल्क

अमेरिका जाने ? बढ्यो भीसा शुल्क

संयुक्त राज्य अमेरिकाले भीसा आवेदन शुल्क बढाएको छ । गत मंगलबारदेखि लागु भएको नियमानुसार कम्तिमा २५ डलर बढाइएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार गैरआप्रवासी भीसा (पर्यटक) हरुको आवेदन शुल्क १५० अमेरिकी डलरबाट १८५ कायम भएको छ । त्यस्तै एच,एल, ओ,पी, क्यु र आर क्याटेगोरीका पेटिसनमा आधारित भीसाहरुको शुल्क भने १९० बाट २०५ बनाइएको छ ।

‘इ’ भिसाको यसअघिको शुल्क २०५ बाट बढाएर ३१५ कायम गरिएको छ । दूतावासले भीसा शुल्क बृध्दिसँगै अमेरिकी अर्थतन्त्रमा अन्तर्राष्ट्रिय यात्राले खेल्ने भूमिका महत्वपूर्ण भएको सांकेतिक जानकारी पनि दिएको छ । 

सामाजिक सञ्जालमा लेखिएको छ, ‘भीसा शुल्कहरु सेवाको लागतसम्बन्धी वार्षिक अध्ययनको आधारमा निर्धारण गरिन्छन् ।’
 

टिप्पणीहरू