बादलका सल्लाहकारलाई दलालको दुई करोड (अडियोसहित)

बादलका सल्लाहकारलाई दलालको दुई करोड (अडियोसहित)

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने प्रपन्चका एक हर्ताकर्ता तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बिचौलिया सानु भण्डारीबीच दुई करोड डिलको अडियो रेकर्ड बाहिर आएको छ । काठमाण्डौ जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा यस प्रकरणमा उनीहरु दुबैको संलग्नता पुष्टि हुने आधारसहितको सो अडियो रेकर्ड जनआस्थाले फेला पारेको हो । 

५१ सेकेन्ड लामो सो अडियो रेकर्डमा इन्द्रजितले 'समस्या पर्यो, के गर्ने हो' भनेपछि सानुले चिन्ता नगर्न आग्रह गर्दै 'दुई करोड ल्याइदिने" बाचा गरेको सुनिन्छ । अदालतमा इन्कारी बयान दिएका र प्रहरीलाई अनुसन्धानमा असहयोग गरेका इन्द्रजित केही तनावमा रहेको उनीहरुको कुराकानीबाट थाहा हुन्छ । 

'प्रधानमन्त्रीकोमा गएर, मन्त्रीलाई फोन गराएर, तपाईंहरु फयाट्ट हराईदिन्छ,मलाई कति गाह्रो पर्छ'

उनी भन्छन्, 'प्रधानमन्त्रीकोमा गएर, मन्त्रीलाई फोन गराएर, तपाईंहरु फयाट्ट हराईदिन्छ,मलाई कति गाह्रो पर्छ', तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बादलमाथि समेत शंका हुनेगरी इन्द्रजितले भनेका छन् । चिन्ता नगर्न आश्वस्त पार्दै बिचौलिया भन्छन्, 'म हराउँदिन डाक्टर सा"ब, पर्सि तपाईंलाई दुई करोड ल्याएर बुझाइदिन्छु । काम बरु जे छ मिलेर गरौं !'

बिचौलियाले दुई करोडको कुरा गरेपछि डराएका इन्द्रजित 'फोनमा यस्तो कुरा नगर्न' सम्झाउँछन् । त्यसमा सहमत देखिएका सानु भण्डारी 'ल ल' भन्दै सही थाप्छन् । त्यसपछि इन्द्रजितले 'कहिले जाने हो' भनेर सोधेपछि सानुले 'म त बिहानै आइसकेँ नि डाक्टर सा"ब,निद्रा नै लागेन' भनेको अडियोमा सुनिन्छ ।

टिप्पणीहरू