बादलका सल्लाहकारले कसरी ताने बालुवाटारलाई ?
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ कुम्ल्याउने गिरोहका मुख्य दुई हर्ताकर्ता तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई र बिचौलिया सानु भण्डारीले त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाउन अनेक जुक्ति लगाइरहेको फोन संवादको रेकर्ड जनआस्थाले फेला पारेको छ ।
गृह मन्त्रालयमा बसेर सरकारी कागजात मिलाउने भूमिका खेलेका इन्द्रजित र बाहिर मान्छे परिचालन गरी पैसा उठाउने जिम्मा लिएका सानुबीच उच्च राजनीतिक नेतृत्वलाई विश्वासमा लिएर काम फत्ये गर्ने सल्लाह भएको ३ मीनेट ५९ सेकेण्ड लामो अडियो संवाद भेटिएको हो । जसमा ओलीका सहयोगी राजेश बज्राचार्यलाई कसरी सकारात्मक बनाउने र काम सम्पन्न गर्ने भनेर दुईजनाले गलफत्ती गरेका छन् ।
अडियो रेकर्डमा उनीहरुले तेस्रो व्यक्तिका बारेमा कुराकानी गरिरहेको बुझिन्छ । नाम नखुलाइएको ती व्यक्तिले सानुको बारेमा ओलीका पिए राजेशलाई नराम्रो कुरा सुनाइदिन सक्ने त्रास उनीहरुमा देखिन्छ ।
"तपाईं पनि यसमा इनभल्भ हुनुभयो भने राजेशले चिनिहाल्छ नि ! प्रधानमन्त्रीले सोध्छ, इन्क्वायरी गर्छ । तुरुन्त बुझाउनुपर्यो भन्दै थियो । जतिचोटि प्रधानमन्त्री झापा जान्छ त्यहाँको मान्छेले बारम्बार प्रधानमन्त्रीलाई सोध्छ । प्रधानमन्त्री झापाकै हो । अनि सबै मीनेटको इन्फरमेशन आइरहेको छ ।"
यस्तो छ इन्द्रजित र सानुको संवाद :
इन्द्रजित -"भोलि के होला के होला भन्दै थियो क्या !, मैले भनेँ त्यस्तो होइन के,यति कच्चा मान्छे थोडी हो,उसले भनि नै सक्यो होला भन्दै थियो ।"
सानु -हत्तेरिका ! डाक्टर सा'ब,तपाईं भन्नुस् त ! मसंग संगत गरेको तीन महिना भइसक्यो,मेरो गलत केही सुइँको छ ?
इन्द्रजित -मैले के सोच्छु भने,अब राजेशसंग कुरा गर्दा नि,यसले राजेशलाई तपाईंको नेगेटिभ भन्दिन्छ । यति पैसा उठायो,उति उठायो,यो फट्याहा हो भन्देला भन्ने पो डर भो मलाई त !
सानु - त्यो त हजुरले थामिदिनुपर्यो,डाक्टर सा'ब । हजुरले नभन्देको भए हुन्थ्यो । उसले आफैंले भेटेछ, विष्णुजीबाट कुरा भएको छ भन्नुपर्थ्यो हजुरले ।
इन्द्रजित -तपाईं र मेरो सल्लाह भएको हैन त उसलाई भन्ने भनेर ?
सानु -हामीले त नलुकाएको उहाँलाई ।
इन्द्रजित - म स्पष्ट मान्छे हुँ । किन तपाईं त्यसको थ्रु जानुहुन्छ,जताबाट जान्छु के मतलब ? तपाईं पनि यसमा इनभल्भ हुनुहुन्छ भने राजेशले चिनिहाल्छ नि ! प्रधानमन्त्रीले सोध्छ, इन्क्वायरी गर्छ । तुरुन्त बुझाउनुपर्यो भन्दै थियो । जतिचोटि प्रधानमन्त्री झापा जान्छ त्यहाँको मान्छेले बारम्बार प्रधानमन्त्रीलाई सोध्छ । प्रधानमन्त्री झापाकै हो । अनि सबै मीनेटको इन्फरमेशन आइरहेको छ । त्यो गलत हुन्छ भन्ने हुन्छ । बाहिरको मान्छेको एउटै नाम नहालेपछि, प्रधानमन्त्रीको कान फुकिदिएछ । पहिलेको ब्याक डेटमा त्यो लिस्ट लिनु छ यिनीहरुसंग । उहाँले नो नो भनिरेछ ।
सानु - उहाँले फोन गर्नुहुन्छ डाक्टर सा'ब । उहाँलाई हामीप्रति नेगेटिभ नहुन भनिदिनु । राजेशलाई फोन गरेर भनिदिनु । राजेशले उहाँलाई पोजेटिभ बोलिदिनुपर्यो । सुन्दिनु मात्रै पर्यो,अरु किन बोल्दिने ?
इन्द्रजीत - राजेशलाई तपाइँले किन भेट्नुभएको भनी हकारिसकेछ यसले ।
सानु - मलाई पनि त्यहि लाग्यो ।
इन्द्रजित -क्याम्पको अरुले हल्ला गरिरहेको छ,नाम ओपन हुन्छ भनेर भन्देला कि भन्ने डर लागिरहेको छ मलाई त ।
सानु - त्यो भनिदिनु भएन भन्नुपर्यो तपाईंले । त्यसको जिम्मेवारी म लिन्छु,तपाईंको कतै नाम आएछ भने म जिम्मेवार हुन्छु भनिदिनु हजुरले । म मर्न तयार हुन्छु तर त्यसो होला त ?
इन्द्रजित - राजेशलाई ओपनियन नदिनु भन्छु ।
सानु - हो,इनोसेन्ट भए जस्तो गर्नु । तपाईंको नाम पनि लिएको छैन, मलाई राम्रो मान्छेले भेटाएको भनेर टोपबहादुरजीको नाम लिईस्यो न हजुरले ।
यो पनि... |
टिप्पणीहरू