‘ओहो कील’ हुन नसके पनि ‘ओह–काइण्ड’ चाहिँ हुनुपर्छ की कसो !

‘ओहो कील’ हुन नसके पनि ‘ओह–काइण्ड’ चाहिँ हुनुपर्छ की कसो !

-जगदीशराज बराल 

नाताले भिनाजू पर्ने पूर्वप्रधानन्यायाधीश स्व। केशवप्रसाद उपाध्यायको सदाचारिता–नैतिकता–न्यायिक अनुशासन–सामान्य जीवनशैली मैले जागिरमा प्रवेश गरेदेखि नै देखेको हुँ । न्यायालयप्रति असाध्य सम्मान जागेकाले म आफूपनि कानूनको विद्यार्थीको नाताले निवृत्त भएपछि अधिवक्ता इजाजतपत्र नवीकरण गरेर पूर्व श्रम तथा कानून सचिव एवम् महालेखा नियन्त्रक रामकुमार आचार्यकोमा पुगेर ‘ल फर्म सरले खोल्नु भएमा म पनि सहभागी हुन्छु । लगनशील र इमानदारीपूर्वक काम गर्छु’ भनेँ । लगत्तै उहाँले ‘लौ यो कालो कोट लाउने काम नगर’ भनेर सल्लाह दिनुभयो । पछि बोर्णबहादुर कार्की दाजुले ‘तिमी बाटुले घर आउनु सल्लाह गरौँला,’ भन्नुभयो, तर जान सकिएन, हाल बोर्ण दाजु बिरामी हुनुहुन्छ । 

महेन्द्र मोरङ्ग क्याम्पस बिराटनगरमा सँगै पढेको सप्तरीका अर्का मित्र बिनितकुमार झाले पनि ‘आऊ सँगै काम गरौंला’ भन्नुभएको थियो । मित्र तथा पूर्व सहमहान्यायाधिवक्ता टीपी सिवाकोटीले पनि बोलाउनुभयो । अवकाशपछि वकालतमा लाग्नु भएका केही पूर्व न्यायाधीशज्यूहरुले ल फर्ममा आउन आग्रह गर्नुभएको थियो । तर कार्यरत एक पूर्व न्यायाधीशज्यूले ‘हुन्न’ भन्नुभयो । 

‘बीएल गरेका अरु सेवाका कर्मचारीले पनि दिन पाउने त्यतिबेला तपाईंले न्यायतर्फ सहायक सचिवको फर्म भरेर परीक्षामा बसेको भए अहिले हामीलाई उछिन्ने’ न्यायतर्फका एक जना कर्मचारीले भनेका थिए । मित्रहरु तेजबहादुर, पशुपति आचार्य, नृपध्वज निरौला र अच्युत बिष्ट जिल्ला तथा तथा उच्च अदालतका न्यायाधीश भइसकेका कुरा पनि थपियो ।
त्यसपछि, एक दुई दिन साथी अधिवक्ताहरूसँग सम्पर्क गरेर कहिलेकाहीँ  मात्र गएपनि सक्रिय हुन सकिएन । कसैले सल्लाह लिन आए मैले निःशुल्क परामर्श दिने गरेको छु । यसले ‘ओह काइण्ड’ भनेर स्वयम् पदवी धारणा गर्न इच्छा जाग्यो । आफुभन्दा वरिष्ठ अधिवक्ता मित्र तथा पूर्व महान्यायाधिवक्ता रमणश्रेष्ठ सहितका हस्तीहरुले ईंटाभट्टा मामिलाका पूर्वमन्त्री अफ्ताव आलमको पक्षमा बहस गरेको सुनें । अहिले रेशम चौधरीका मामिला पनि बुझियो । 

अहिले फेरि भारत सरकारले ट्रकमा ल्याएर पश्चिम बंगालको नेपाली सीमा काकरभिट्टा नजिकैको पानीटङ्कीमा छोडेका भूटानी शरणार्थीको नाममा नक्कली भूटानी कायम गरेको भनेर आरोप लागेका पूर्वउपप्रधानमन्त्री लगायतको पक्षमा बहस गर्ने अधिवक्ताहरुको जुलुस हेर्दा ‘सक्रिय स्मार्ट अधिवक्ता हुन नसके पनि ‘ओह–कील’ चाहिँ हुनुपर्छ की कसो’ भन्ने मनमा भाव अचेल उब्जन लागेको छ । 

‘एक बार कचहरी चढ़ जाने के बाद सबसे बड़ा काम है, अपने ही वकील से अपनी रक्षा करना ।’ (हरिशंकर परसाई, भारत) भन्ने सतर्कपूर्ण सन्देशको मर्म बुझेको भएपनि आफ्नो कचहरीमा आफैं वकील हुनेगरी ‘ओह–कील’ हुँदा केही फरक त नपर्ला की ? किन जोशिएका हुन मेरा भावनाहरू ? के भएको हो गृह दशा त ठीकै छ ? आखिर जीवनले उत्तराद्र्धमा विचरण गर्दैछ । ‘ओह–कील’ भन्दा ‘ओह काइण्ड’ नै ठीक छ भन्ने मनले गुनेर सबैको जीवनमा हिन्दुस्तानी साहिरको देहायको सिर्जना वाचन गर्ने दिन आउँदो रहेछ भनेर चित्त बुझाउनुपर्छ :

میں زندگی کا ساتھ نبھاتا چلا گیا

ہر فکر کو دھوئیں میں اڑاتا چلا گی
بربادیوں کا سوگ منانا فضول تھ
بربادیوں کا جشن مناتا چلا گی
جو مل گیا اسی کو مقدر سمجھ لیا
جو کھو گیا میں اس کو بھلاتا چلا گی
غم اور خوشی میں فرق نہ محسوس ہو جہاں
میں دل کو اس مقام پہ لاتا چلا گی

‘मैँ जिन्दगीका साथ निभाता चला गया, हर फक्रिको धुएँ में उड़ाता चला गया । बरबादियोँ का सोग मनाना फजूल था, बरबादियोंका जश्न मनाता चला गया । जो मिल गया उसीको मुकद्दर समझ लिया,जो खो गया मैं उसको भुलाता चला गया । गम और खुशी में फरक न महसूस हो जहाँ, मैं दिलको उस मुकाम पे लाता चला गया ।’ (साहिर लुधियानवी, इ.सं.१९६१, भारत)
 
भारतका बीपुल पटेलले १४ जून इ.सं.२०२३ मा लठ्ठी टेकेका एक वृद्धले ‘सर्वोदय’ को पोस्टर बोकेको छ बिचित्र सामाजिक सञ्जालमा साझा गर्नुभएको थियो । त्यो सर्वोदय बिम्ब हेरेर कानून पढ्दाको सोच र व्यवहारिक सोच फरक हुन्छ र ? जिज्ञाशा जाग्यो । 

सामाजिक सञ्जालको भित्तामा साझा गरिएका देहायका देशी विदेशी विचारहरू हेर्दा मन खिन्न भो–भावुक पो भइएछ : ‘बन्नै निम्ति बने, बने कति कुरा, यी ऐन सारा बने । संवैधानिक ती हकै दिन भनी कैयौं त धारा बने । खुल्नैसम्म खुले अदालतहरू, के अर्थ मुद्दा दिई । छोपी नेत्र बस्या छ कानुन स्वयम् थोत्रे तराजू लिई ।’ (कृष्णहरी बराल, २०८० । सामाजिक सञ्जालको भित्ताबाट । २८ जेठ वि.सं.२०८० )

‘अन्याय पर न्याय की बनावट, गुस्से पर मुस्कराहट की तरावट । जरूरी नकाब हैं अन्याय की, ताकि, मजबूर पर गजबका वार हो ।’ (अ.शुक्ल, इ.सं.२०२३ । मसँग सामाजिक सञ्जालमा जोडिनुभएको प्रो।, अर्थशास्त्री, लेखक, बुद्धिजीवी, सचेत नागरिक । भारत । सामाजिक सञ्जालको वालबाट । (६ जून इ.सं.२०२३ ) ।

‘उस देश में लगता है अदालत नहीं होती, जिस देश में इन्साँ की हिफाजÞत नहीं होती । मखलुक–ए–खुदा जब किसी मुश्किल में फँसी हो,सजदे में पड़े रहना इबादत नहीं होती ।’ (हबीब जालिब । पाकिस्तान) । शव्दार्थ : मखलुक–ए–खुदा : ईश्वरको जीव, भगवानको शृष्टि । सजदे : घुँडा टेकेर ढोग्नु, प्रणाम गर्नु आदि। इबादत : पूजा, भक्ति आदि) । 

‘न्यायालय बन्द हो चुके हैं, अजिर्याँ हवा मेँ उड़ रही हैं, कोई अपील नहीं, कोई कानून नहीं, कुहरे मेँ डूब गयी हैं प्रत्याशाएँ, धूल में पड़े हैं कुछ शब्द ! जनता थककर सो गयी है !’ (श्रीकान्त बर्मा ।’ प्रतिनिधि कविताएँ’ सङ्ग्रहबाट, भारत) । 

‘अबका न्याय तो हर तरफ से हार जाता है, न्याय करनेवाला अन्याय में चला जाता है । जिन्होने न्याय करने में जिन्दगीयाँ बीता दी, उनकी औलाद चाय में न्याय बेच आता है ।’ (पेन्टर प्रेम प्रजापति, साहित्य लेखक, भारत) । 

न्यायकों स्वरूप–आकृति–प्रवृति सबै संविधानको अन्तरभाव मुताविक न्यायपूर्ण होउन् ! शुभकामना !!! वकिलसाहेबहरु पनि स्वर्णमन्दिरमा निःशुल्क खान पाइन्छ भनेर लावालस्कर लिएर हन्तकाली झैं व्यवहार नदेखाउन, मुरीमुरी शुभेच्छा ! आफु त ‘ओह काइण्ड’ मा शरणागत ।    

(छविचित्र : पूर्वप्रधानन्यायाधीश केशव उपाध्यायसँगको बिम्बसहित लेखक स्वयमबाट । लठ्ठी टेकेका एक वृद्धले ‘सर्वोदय’ को पोस्टर बोकेको छविचित्र भारतका बीपुल पटेलको सामाजिक सञ्जालबाट)

टिप्पणीहरू