ठेगाना नखुलेकी नेपाली महिला कुवेतमा एक महिनादेखि बन्द
कुवेतमा एक नेपाली महिलालाई महिना दिनदेखि बन्द कोठामा राखेको पाइएको छ।
कुवेतको जाहार भन्ने ठाउँमा उनलाई एक महिनादेखि अनेक यातना दिई बन्दी बनाएर राखिएको पाइएको हो ।
घरको काममा कुवेत पुगेकी उनको पासपोर्ट र मोबाइल सबै खोसेर कुटपिट गरी आफ्नो ठेगानासम्म बताउन नसक्ने अवस्थामा पुर्याइएको बताइन्छ।
कुवेतमा बस्ने केही नेपालीले उनको परिवारसम्म खबर पुर्याएर म्यानपावरलाई नेपाल झिकाउन लगाउन आग्रह गरेका छन् । हाल उनी जाहारमै यातना खेपेर बन्द कोठामा नै रहेको बुझिएको छ ।
टिप्पणीहरू