‘रिप’ लेख्ने र हान्न सिकाउने फन्टुस जमाना
अब के होला ? के यसरी नै अघि बढ्ला त देश ? समाज ? के यसरी नै चल्नेछन् त मान्छेहरू ? गाउँ–समाजमा, त्यहाँका सचेत मान्छेमा र हरेक व्यक्तिमै यसखालको चिन्ता देखिन्छ र यो अलि गहिरै किसिमको छ । सत्ताको चरित्र नै हो भ्रष्टाचार सहमतिमा गर्ने तर जब त्यो भण्डाफोर भएर सार्वजनिक हुन पुग्छ त्यसपछि एउटा पात्रको टाउकामा राखेर आफू चोखिने । लाउडा, सुडान हुँदै नक्कली भुटानी शरणार्थीकाण्डसम्म आइपुग्दा यस्तै हुने गरेको छ ।
पहिले यस्तो थिएन । विरोध गरेकै कारण भौतिक हमला हुन्थेन । राजनीतिक झडप हुनु बेग्लै कुरा । तर, फन्टुस राजनीतिले विरोध गर्नेलाई भौतिक आक्रमण गर्न सिकाइरहेको छ । फन्टुसहरूको राजनीतिले विचारको विरोध विचारबाट गर्ने होइन कि ब्यक्तिलाई नै निशाना बनाउन, हातपात गरेर विरोध गर्न उक्साइरहेको छ । यिनको आलोचना गर्नेहरू बाटोमा एक्लै हिँड्न नहुने अवस्था छ । फन्टुसहरूविरुद्ध लेख्ने, बोल्ने र तिनको आलोचना गर्ने हो भने हातै हाल्छन्, गाली गर्छन् र बदनाम गर्छन् । सामाजिक सञ्जालमा पनि खेद्छन्, गाली लेख्छन्, धम्की दिन्छन्, ‘रिप’नै लेख्छन् । यस्तो नकारात्मक दिशातिर देश र समाजलाई लैजाने, मान्छेलाई असहिष्णु र अराजक बनाउने जुन दुश्कर्म फन्टुस राजनीतिले गरिरहेको छ र अरुलाई पनि गर्न सिकाइरहेको छ । यसले देश र समाजमा वैमनश्यता पैदा गराउने, आपसमा विभाजन ल्याउने काम मात्रै गर्छ । यो धेरै डरलाग्दो कुरा हो । यस्तो राजनीतिविरुद्ध उभिन डराउनु हुँदैन ।
नक्साको के कुरा गर्ने ! इतिहासमै लेखिएको छ नि हाम्रो भूभाग कहाँसम्म फैलिएको थियोे भनेर । हाम्रो आजको भूगोल कसरी कायम रहन गयो भन्ने पनि इतिहासमा लेखिएको छ । बाँके, बर्दिया, कैलाली र कञ्चनपुर कसरी प्राप्त ग¥यौँ भन्ने पनि प्रष्टै छ । यो सत्यलाई कसैले र कहिल्यै इतिहासबाट मेटाउन सक्ने छैन । भारतीयले भन्ने गरेको उपमहाद्विप उनीहरूको राजनीतिक नभएर साँस्कृतिक एरिया हो । त्यसैलाई उनीहरूले साँस्कृतिक नक्सामा उतारेका मात्रै हुन् तथापि यो उनीहरूको हेपाहा व्यवहार हो, इतिहासको अपमान हो । उनीहरूले त्यस्तो इतिहास बंग्याउने गलत काम गर्नु हुँदैनथ्यो । उनीहरूले जस्तोसुकै नक्सा बनाए पनि हाम्रो सार्वभौमसत्तामाथि चुनौती दिने, क्षेत्रीय अखण्डतामाथि हमला गर्ने सामथ्र्य छैन ।
भारतले नक्सा राखेको कुरा यदि गलत मान्छौँ भने हामीले ग्रेटर नेपालको नक्सा राख्नु पनि गलत नै हुन्छ । दुईवटा गल्ती मिलेर एउटा सही बन्दैन ।
यदि, चुनौती आयो भने त्यसलाई न हामीले, न त अन्तर्राष्ट्रिय जगत्ले नै स्वीकार गर्नेछ । यदि, कुनै प्रकारको चुनौती आयो भने त्यो त हाम्रानिम्ति त गर या मरको अवस्था बन्छ । हामी लडेर राष्ट्रिय अखण्डताको रक्षा गर्छौं । कुबेतमाथि हमला गर्दाको दुष्परिणाम इराकी जनताले कसरी भोग्नुप¥यो भन्ने कुरा धेरै पुरानो होइन र यो भारतीयलाई राम्रोसँग थाहा छ । त्यसकारण भारतले प्रकाशन गरेको नक्साबाट हामीलाई क्षेत्रीय अखण्डतामाथि कुनै किसिमको चुनौती हुन्छ भनेर मान्नु पर्दैन । तर, यहाँका तथाकथित कपटी राष्ट्रवादीले चुनावी राजनीतिबाट फाइदा लिने मनशाय राख्दै ग्रेटर नेपालको नक्सासम्बन्धी मुद्दा उठाइरहेका छन् ।
हामीले ग्रेटर नेपालको नक्सा प्रकाशन गर्दैमा न भारतले आफ्नो यो साँस्कृतिक नक्सामा संशोधन गर्छ न त आजको दिनमा हाम्रो सम्प्रभुताभन्दा बाहिर रहेको तर इतिहासमा हाम्रो रहेको टेरिटोरीलाई हामीभित्र ल्याउनै सक्छौं । भारतले नक्सा राखेको कुरा यदि गलत मान्छौँ भने हामीले ग्रेटर नेपालको नक्सा राख्नु पनि गलत नै हुन्छ । दुईवटा गल्ती मिलेर एउटा सही बन्दैन । यस्तो टिट फर ट्याट कार्यले आपसी सम्बन्धमा दरार मात्रै पैदा गराउँछ । हामीले उक्त नक्साबारे उत्तेजित नभइकन भारतसँग कुरा गरेर, नेपाली जनताको मनोभावना उसलाई बुझाएर नक्सा हटाउन÷संशोधन गर्न लगाउनुपर्छ । नेपाली जनताको देशप्रेमलाई राष्ट्रवादको खोल ओढेर, तथाकथित राष्ट्रवादको ढोङ रचेर र चुनावमा भोट हात पार्ने उद्देश्यसाथ यो मुद्दालाई उछाल्ने दुस्साहस गरिरहेका छन् र यस मामिलामा एमाले बालेन्द्र साहभन्दा दुईबित्ता माथि छ । यो देशभक्ति होइन, कपटी राष्ट्रवाद हो । यस्ता कपटी राष्ट्रवादीलाई हामीले जनताको अगाडि नांगेझार पार्नुपर्छ । राष्ट्रवादी भावनालाई उरालेर देशलाई द्वन्द्वमा धकेल्न र आफ्नो राजनीतिक अभीष्ट पूरा गराउन चाहने तत्वहरूलाई चिन्नु÷चिनाउनुपर्छ ।
सत्ताबाट बाहिरिनु परेको र लगातारको गिर्दो साखले मानिसमा एक किसिमको बर्बराहट उत्पन्न भएको सजिलै देख्न सकिन्छ । तिनको बर्बराहटमा लागेर हामीले आपसी सम्बन्धलाई खराब बनाउने गल्ती गर्नु हुँदैन । वार्ता र फेरि पनि वार्ता नै समाधानको माध्यम हो र हुनुपर्छ ।
टिप्पणीहरू