यस्तो देखियो चिनियाँ विमान अवतरणपछिको पोखरा विमानस्थल

यस्तो देखियो चिनियाँ विमान अवतरणपछिको पोखरा विमानस्थल स्रोत : सिन्ह्वा

चीनको छन्तु शहरबाट आएको सिचुआन एअरलाइन्सको विमान हिजो बिहान ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको गरेको छ । गत पुसमा औपचारिक उद्घाटनपछि उक्त विमानस्थलमा विदेशबाट आएको विमान अवतरण गरेको यो पहिलो पटक हो ।

चीन भ्रमणमा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संसदीय टोली पनि सोही उडानबाट हिजो स्वदेश फर्केको थियो । भोलि र पर्सि पोखरामा हुन लागेको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रयागन बोट फेस्टिभल’ को निम्ति आएका खेलाडी,यात्रु र पाहुनाहरु उक्त चार्टर्ड फ्लाइटमा थिए ।

पोखरा विमानस्थलमा विमान अवतरणछि चिनियाँ समाचार समिति सिन्ह्वाका पोखरास्थित क्यामरा पर्सनले फोटो खिचेका थिए । हेरौं,सिन्ह्वाको क्यामराले समेटेको विमानस्थलको दृश्य :

टिप्पणीहरू