दलाई लामा दिल्ली हुँदै लदाख पुगे

दलाई लामा दिल्ली हुँदै लदाख पुगे

तिब्बती निर्वासित धार्मिक नेता दलाई लामा जम्मु कश्मिरको लदाख गएका छन् । उनी हिमाचल प्रदेशको धर्मशालाबाट नयाँ दिल्ली हुँदै त्यता गएका हुन् । 

दलाई लामा आज बिहान लदाख पुगेपछि स्थानीय तिब्बतीले स्वागत गरेको बताइन्छ । उनी गत वर्ष जुलाई महिनामा पनि लदाख भ्रमणमा पुगेका थिए । लदाखपछि राजधानी नयाँ दिल्ली पुगेर धर्मशाला फर्केका थिए ।

त्यसअघि कोरोना महामारीमा दलाई लामो धर्मशालाबाट बाहिर निस्केका थिएनन् ।

टिप्पणीहरू